कावासोती ,चैत १० । मेन्टर कप क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक मेन्टर एजुकेसन कावासोतीलाई पराजित गर्दै मिची एजुकेसन कावासोती फाइनलमा प्रवेश गरेको छ।
आज भएको दोस्रो सेमिफाइनल खेलमा मेन्टरलाइ २ रनले पराजित गर्दै मिचिले फाइनलमा स्थान बनाउन सफल भएको हो।टस जितेर व्याटिङ रोजेको मिचिले निर्धारित २० ओभरको १८ ओभर खेल्दै सबै विकेट गुमाएर १३३ रनको मध्यम योगफल तयार पारेको थियो।१३४ रनको वियज लक्ष्य सहित मैदान प्रवेश गरेको मेन्टर एजुकेसनले १९.१ ओभर खेल्दै १३१ रन मात्रै बनाएपछी खेल मिचिले आफ्नो पक्षमा पार्न सफल भएको हो।
अब मिचिले उपाधिका लागि भोलि २ बजे रजहर क्रीकेट क्लब सित प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।