फागुन १९ ,कावासोती ।कावासोतिमा फागुन ११ गतेबाट सुरु भएको दोस्रो भानु कप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले जितेको छ।
आज दिउँसो ३ बजे कावासोती ३ को सितल चौर खेलमैदानमा भएको खेलमा हुप्सेकोट स्टार्स,हुप्सेकोटलाइ ५-१ गोल अन्तरले पराजित गर्दै रजहरले उपाधि कब्जा गरेको अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए।
उपाधि जितेसङ्गै रजहरले नगद ५० हजार ५५५ प्राप्त गरेको छ भने उपविजेता हुप्सेकोट स्टार्सले ३० हजार ३३३ नगद सहित ट्रफी हात पारेको छ।प्रतोयोगिताका विजेतालाइ नगद तथा ट्रफी फाइनल खेलका प्रमुख अतिथी समाजसेवी महेन्द्र पोखरेलले प्रदान गरेका थिए।