कावासोती ,फागुन १९ ।१।मेन्टर एजुकेशन कावासोतिले आयोजना गरेको प्रथम मेन्टर कप खुल्ला क्रीकेट प्रतियोगिताको आज भएको मैत्रीपुर्ण खेलमा प्रजातान्त्रिक युवा संगठन नवलपुरलाइ ४ विकेटले हराउदै अखिल क्रान्तिकारी नवलपुर फाइनलमा प्रवेश गरेको छ।आज विहान १० बजे कुमारवर्ती कलेजको खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले निर्धारित १० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा मात्रै ५३ रन बनाएको थियो।
५४ रनको लक्ष्य क्रान्तिकारीले मात्रै ७.५ ओभरमा ६ विकेट गुमाएर हासिल गरेको थियो।क्रान्तिकारीला लागि कप्तान आयुश ढकालले ११ बलमा १७ रन प्रहार गरे भने खेलको म्यान अफ द म्याच घोषित गगन भट्टराईले ९ बलमा १५ रनको योगदान दिए।मैत्रीपुर्ण खेलको फाइनन अनेरास्ववियु नवलपुर र नेवि संघ नवलपुर विच हुने सेमिफाइनल खेलको विजेतासित चैत्र ३ गते हुने प्रतियोगिताका खेल संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।