कावासोती,फागुन १३ । नवलपुरको कावासोतीमा जारी प्रथम मेन्टरकप खुल्ला जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको आज भएको खेलमा मिची एजुकेशनको टिम विजयी भएको छ।
इलाइट युथ क्लबलाइ १० विकेटले पराजित गर्दै मिचिले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ।६४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रीएको मिचिले मात्रै ४.४ ओभरमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।मिचिका लागि मिस्कल मगरले १९ बलमा ४५ रन र कमल पौडेलले ९ रनको अविजित पारी खेलेको प्रतियोगिता संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।इलाइट क्लबलाइ सस्तैमा समेट्न म्यान अफ द म्याच घोषित अदित रावतले ३ ओभरमा ५ रन खर्चेर ५ विकेट लिएका थिए भने अनुज चनराले २ विकेट लिए। पराजित टिमका लागि कप्तान दिपेश दवाडिले २५ बलमा ३२ रन र हिमाल न्यौपानेले १२ बलमा १९ रन बनाएको संयोजक भुर्तेलले बताए।
जितसङ्गै कुमार क्षेत्रीको प्रशिक्षणमा रहेको मिची प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।प्रतियोगितामा भोलिको खेल लक्ष्मी युवा क्लब देवचुली र चोरमारा युवा क्लब चोरमाराका बिचमा हुनेछ।