असार २२ ,कावासोती ,नवलपुर । नवलपुरको कावासोतिमा रहेको पुरानो विद्यालय सिद्धार्थ बोर्डिङ स्कुलले निरन्तर आफुलाइ अब्बल साबित गर्दै आइरहेको छ।लामो समयदेखी कावासोती संगै नवलपुर जिल्लामै अग्रणी संस्थागत विद्यालयको रुपमा आफुलाइ स्थापित गर्न सफल भएको बोर्डिङले २०८० सालको एसइइमा समेत राम्रो नतिजा निकाल्न सफल भएको छ।प्रकाशित नतिजा अनुसार सिद्धार्थ आवासीय माबिको विद्यार्थीहरु शतप्रतिशत पास भएका छन भने जिल्लामा ३.९ जिपिए सहित ४ जना विद्यार्थी जिल्ला द्वितीय हुन सफल भएका छन।
३.९ जिपिए सहित जिल्लाभरिमा द्वितीय हुन सफल हुने विद्यार्थीहरु क्रमशः विबेक खनाल,सफल खनाल,क्रीस न्यौपाने र मन्जिल सापकोटा रहेको विद्यालयका संस्थापक तथा प्रीन्सिपल भोजराज दाहालले जानकारी दिएका छन।दाहालले सिद्धार्थ आवासीय माबी सुरुवात देखिनै शैक्षिक गुणस्तर कायम गर्ने कुरामा अत्यन्तै सजग रहेको र सधै उत्कृष्ट नतिजा दिदै आएकोले आम अभिभावकहरुको विस्वास जित्न सफल भएको भन्दै अहिले एसईइको नतिजा पनि त्यसैको निरन्तरता भएको भन्दै राम्रो नतिजा ल्याएकोमा समस्त विद्यार्थीहरु ,सहयोगी सबै शिक्षक ,शिक्षीकाहरु तथा विश्वासका लागि सम्पुर्ण अभिभावकहरुलाइ धन्यवाद तथा बधाइ ज्ञापन गरे।
निरन्तर राम्रो नतिजा दिदै सिद्दार्थ :एसइइ मा ४ जना जिल्ला द्वितीय