काठमाडौ ।इक्यानको केन्द्रिय सदस्य यज्ञविलास पौडेल (वाइबी)ले आगामी निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रको नेतृत्वले सर्वसम्मतको नाममा भागवण्डा गर्न खोजेको आरोप लगाउँदै वाईबीले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काठमाडौं उपत्यका बाहिरबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने इक्यानको इतिहासमै पौडेल पहिलो हुन् । अघिल्लो कार्यकालका निर्वाचित केन्द्रीय सदस्य पौडेल आगामी निर्वाचनमा पनि आफ्नो जित निश्चित भएको बताउँछन् । ‘म टिके केन्द्रीय सदस्य होइन । सानदार भोट ल्याएर निर्वाचित पूर्वकेन्द्रीय सदस्य हो ।’, उनले भने, ‘हामी कसैका टिके होइनौं । म स्वतन्त्र रुपमा उम्मेदवारी दिदै सानदार जित निकाल्ने व्यक्ति हुँ ।’ ‘केन्द्रमा सर्वसम्मत् नेतृत्व चयन गर्ने विषयमा छलफल भएको बुझियो ।’, पौडेलले भने, ‘संस्थामा लोकतान्त्रिक विधि अपनाउनु पर्छ । संस्थाभित्रको बलियो लोकतन्त्रका लागि मेरो उम्मेदवारी रहन्छ । मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’ उनले मोफसलबाट उपाध्यक्षमा आफ्नो पहिलो उम्मेदवारी भएको बताए । ‘मैले पहिलो पटक उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । त्यो पनि मोफसलबाट ।’, उनले भने, ‘मोफसलबाट कसैले उम्मेदवारी घोषणा गर्नुभएको छैन । मैले पहिलो पटक उम्मेदवारी घोषणा गरेको हुँ । मेरो जित निश्चित छ ।’ सेन्ट्रल कलेज चितवनका प्रिन्सिपल पौडेल सफल व्यवसायीको रुपमा परिचित छन् । आफ्नो निरन्तरको कर्म र मिहिनेतका कारण सफल बनेका पौडेल प्रष्ट बक्ताको रुपमा पनि परिचित छन् । शिक्षा, खेलकुद, मनोरन्जन लगायतका गतिविधिमा संलग्न पौडेलले उपत्यका बाहिरका व्यवसायीहरुको उल्लेख्य भोट पाउने अपक्षा गरिएको छ । आगामी असार ३० गते इक्यानको निर्वाचन हुँदैछ । इलोक्टोनिक मतदानबाट सम्पन्न हुने निर्वाचनको परिणाम सोही दिन सार्वजनिक हुनेछ ।
सेन्ट्रल कलेजका प्रीन्सिपल पौडेल इक्यानको उपाध्यक्षको उमेदवार