बझाङमा कृषि पत्रकार महासंघको अपुरो समिती गठन भएको छ । प्रेश चौतारीका प्रतिनिधिले हालिमुहाली गरेर आफ्ना संगठनका खल्तीका मान्छे लाई जिम्मेवारी दिएर गएका छन । कृषि पत्रकार महासंघ अपुरो समितीमा अध्यक्षमा तरुणा जोशी उपाध्यक्षमा उत्तम थापा सचिबमा प्रताब ओली चयन भएका छन । प्रेस चौतारीको कालाे झन्डा बाेकेर बझङ जिल्लामा कृषि पत्रकार महासंघ गठन गर्ने भन्दै सुदुरपश्चिम प्रदेशका कृषि पत्रकार महासंघका सचिब तेज बाेहरा बझाङ गएर समिती गठन गरेका हुन । प्रतिगमनकारि पार्टी मा शुभेच्छा राख्ने संगठन का हैसियत ले बाउली खाेलामा गएर प्रतिगमनकारि तरिकाले गुन्डागर्दी शैली मा अबैध समिति घाेषणा गरेर बझाङ जिल्ला बाट भागेर गएका एक पत्रकारले जानकारी दिएका छन। बझाङ जिल्लामा कृषि का नाममा भस्टचार गर्ने तरिका आर्फ्नो संगठन लाई सिकाएर बोहरा भागेर गएका छन । अध्यक्ष पदका लागि प्रेश युनियन बाट तरुणा जोशी , रुपक खड्का प्रेश चौतारी बाट रिदम सिंह प्रताप ओली समाजबादी प्रेश संगठन बाट झलक सिंह ,प्रेश सेन्टर बाट टेकेन्द बोहराको उम्मेदवारी परेकोले सहमती जुट्न नसकेपछी दलिय भागबन्डाका आधारमा प्रेश युनियन लाई अध्यक्ष दिने एक खालको सहमती भएको हो भने सचिबमा प्रेश चौतारी र समाजबादी प्रेश संगठनको दाबी रहेपनी तेज बोहराले भने प्रेश चौतारी लाई सपोट गरेको अन्य संगठनका पत्रकारले आरोप लगाएका छन । बझाङ जिल्लामा यो अबैध समिती गठन भएकाले अन्य संगठनले जिल्लामा मान्यता नदिने बताएका छन । कृषि ज्ञान केन्द्रका बझाङका कार्यलय प्रमुख ज्यु लगाएत सबै स्थानीय तहमा कुनै पनि कृषि क्षेत्रमा काम गर्ने सरकारी कार्यालयले बिश्वास नगर्न जानकारी समेत गराएका छन ।
बझाङमा कृषि पत्रकार महासंघको अपुरो समिती गठन प्रेश चौतारीका प्रतिनिधिको हालिमुहाली