पोखरा, फागुन ७
प्रतिनिधि सभा सदस्य माननिय डा. ढाका कुमार श्रेष्ठ ले आज परेको ७३ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्नु भएको छ।
श्रेष्ठ ले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रजातन्त्रकोरक्षाका लागि लोकतान्त्रिक मूल्य मान्यता, विधि, पद्धतिलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए lराज्यशक्तिकोसम्पूर्ण स्रोत नागरिक नै हुन् भन्ने मान्यतामा आधारित रहेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्रदिवसको सार्थकता पुष्टि हुनसक्ने उहाले बताउनुभयोl
श्रेष्ठ ले गरिब, असहाय, जनजाति, आदिवासी, दलित, मधेसी, महिला, मुस्लिम, पिछडिएका वर्ग, सिमान्तकृत, अल्पसंख्यक, लोपन्मुख, उत्पिडत वर्गको हक अधिकार विभिन्न आन्दोलन तथा परिवर्तनले स्थापित भएको र सो परिवर्तनामा आफ्नो ज्यानकोबलिदानि दिनु हुने ज्ञात अज्ञात सहिदहरुलाई पनि सम्झिनु भएको थियो।