नेपाली कामदारहरुको रोजगारिको एक गन्तव्य बन्दै आएको दक्षिण कोरियाले फेरि ठूलो संख्यामा कामदार लैजाने भएको छ।कोरियाले नेपाल लगायत ४ वटा देशबाट पहिलो चरणमा २७ हजार बढी मौसमी कामदार लाने भएको हो।पोल्ट्री ,फलफुल ,तरकारी खेती लगायतका कृषि कार्यहरुका लागि कम्तिमा ५ महिना देखि ४ बर्ष सम्म अबधी रहने गरि कामदार लैजाने हिसाबले तयारी भैरहेको जानकारी प्राप्त भएको छ।मौसमी तथा अन्य कामदारको रुपमा कोरिया प्रबेश गरेका नेपाली कामदारहरु ठूलो संख्यामा गैरकानुनी रुपमा बस्न थालेपछी इपियस माध्यमबाट बाहेक अन्य माध्यमबाट कामदार लैजाने प्रक्रिया नेपाल सरकारको अनुरोधमा रोकिएको भएतापनि नेपाल सरकारले मौसमी कामदार सम्बन्धि निर्देशिका २०७९ लागू गरेपछी मौसमी कामदारको रुपमा कामदार लैजान कोरियन सरकार सकारात्मक भएको हो।न्याय मन्त्रालय र कृषि खाद्य तथा ग्रामीण मन्त्रालय जस्ता सम्बन्धित मन्त्रालयको संयुक्त छलफलमा गत डिसेम्बर १३ तारिकको दिनमा सार्वजनिक गरेको निर्देशीकाले २०२३ को मध्यावधिसम्म झण्डै २७ हजार अर्थात् २६ हजार ७८८ जना मौसमी कामदार भित्राउने भनेर पुष्टि गरेको हो। स्थानिय पालिकाहरुले कोरिया स्थित पालिकाहरु शीत सम्झौता गरिसकेपछी अभिमुखिकरण तालिम लिएर स्थानिय तहको सिफारिसमा मौसमी कामदारको रुपमा कोरिया जान सक्नेछ्न।पुर्व श्रममन्त्री शेरवहादुर कुवरको पालामा मौसमी कामदार लैजाने विषयमा सम्झौता भएर नेपालका विभिन्न पालिकाहरुलाइ छनोट गर्ने काम भैरहेको छ।छनोटको प्रारम्भिक सुचिमा कावासोती नगरपालिका समेत परेको छ।यश बारेमा कावासोती नगरपालिकाका मेयर विष्णु प्रसाद भुसाललाइ बुझ्दा कावासोती नगरपालिका पनि प्रारम्भिक छनोट सुचिमा परेको सुन्नमा आएको हुदा सम्झौता भएर कामदार माग भैआएमा आवश्यक प्रक्रिया पूरा गरि शून्य लागतमा कामदार सिफारिस गर्न कावासोती नगरपालिका तयार रहेको जानकारी दिनुभयो।कोरियाका लागि नेपाली राजदुतावासका नवनियुक्त काउन्सिलर चन्द्रकला ओलिले कामदार लैजाने प्रक्रिया सकारात्मक रहेको भन्दै आफुअहरुले प्रक्रिया सहज र छिटो गराउन पहल गरिरहेको जानकारी दिनुभयो।
ठूलो संख्यामा कामदार लैजादै कोरिया,कावासोती पनि प्रारम्भिक छनोट सुचिमा