नवलपुर क्षेत्र न १ बाट क्रस खुकुरी बाहक स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि. सी. लाई महानायक राजेश हमालले भेटेरै जीतको अग्रिम जीतको शुभकामना दिएका छन।
आसन्न मंसिर ४ को निर्वाचनमा स्वतन्त्र ब्यत्तिहरुको उम्मेदवारी बाक्लो देखिन्छ, भने नवलपुरमा पनि स्वतन्त्रहरुको उल्लेखनिय सहभागिता देखिन्छ।सफल पर्यटन ब्यवसायी चित्र ध्वज जि. सी.ले पनि नवलपुर क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्यका लागी स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छन।
स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि. सी. को घर दैलो कार्यक्रमका क्रममा नेपाली चलचित्र जगतका जिउदो इतिहास महानायक राजेश हमालले स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि. सी.को जीतको लागी अग्रिम बधाई तथा शुभकामना दिनु भएको हो।