- ध्रुव जंग थापा-
नवलपुर देवचुलीका सामाजिक व्यक्तित्व,ब्यवसायी,कलाकार नारायण काफ्लेले प्रदेश सभा सदस्यमा नवलपुर क्षेत्र न. १ ख बाट स्वतन्त्र उमेदवारी दर्ता गरे संगै चुनाव चिन्ह धारा पनि पाएका छन।
यही मंसिर ४ मा हुन लागिरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लिएर काफ्लेले प्रदेश सभामा आफ्नो उमेदवारी दिएका हुन। बिगत पाच बर्ष अगाडी देखी नै चुनावको तयारीमा लागेको थिए त्यो मेरो गहन र गहिरो गृहकार्यलाई अव चुनावमा देखाउनु पर्ने छ, काफ्लेले हामी संगको संम्वादका क्रममा बताए,
चुनाव चिन्ह धारा पाए संगै उत्साहित र खुशी मुद्रामा देखिएका काफ्लेले नवलपुर खानेपानीमा देशै भरिमा उत्कृष्टमा पर्छ अव खाने पानी संगै सिङ्गो नवलपुर जिल्लालाई नै नमुना र उत्कृष्ट जिल्ला बनाउने संकल्प र भिजनका साथ चुनावी मैदानमा उत्रिएको छु उनले भने नवलपुर कान्छो जिल्ला भएता पनि बिकाश र समृद्धीमा भने सबै भन्दा पहिलो बनाउने छु।
कुनै पनि दलमा खुलेर नलागेका काफ्ले बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन। गाएन र नृत्यमा पनि निपूर्ण काफ्लेको उकालि ओराली गर्दै नामक गितमा महानायक राजेश हमालको अगाडी गरिएको नृत्य सोसियल मिडियामा भाइरल छ।