कृष्ण पौडेल । बिजया दशमी २०७९ सालकाे पाबन अबसरमा हर्मिचाैर समाज युएईले आईतबार ०९ अक्टोबर २०२२ का दिन दशैं विशेष कार्यक्रम शुभकामना आदान प्रदान,भेटघाट तथा बनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ हर्मिचौरबाट बैदेशिक राेजगारीका लागि युएईमा रहनुभएका समस्त हर्मिचाैरका दाजुभाई दिदिबहिनीहरु एकजुट भईएकै ठाँउमा भेटघाट गर्ने उदेश्यले याे संस्थाकाे स्थापना गरिएकाे थियाे , हिन्दुधर्मालम्बी हरुकाे सबैभन्दा ठुलाे चाड भएकाले याे दिन विशेष कार्यक्रम आयाेजना गरिएकाे हाे, हर्मिचाैरबाट टाढा भएता पनि आफ्नो गाँउघरमा हुने संस्कृति संरक्षण मा यसले विशेष भुमिका खेल्दछ, सुख दुखमा सबै एक्जुट हुन सहज होस् भनी सामाजिक संजालमा व्हाट्सप ग्रुपकाे माध्यम बनाएर हालसम्म हर्मिचाैर लगायत अन्यठाँउका बिरामीहरुका लागि यो संस्थाले सक्ने जति सहयाेग गर्दै आएकाे छ,। साथै बिगत केही समय देखिनै ठुला चाडहरुमा याे संस्थाले सामुहिक बनभोज कार्यक्रम गर्दै आएकाे छ, गाउँमा भएका समस्या समाधानमा हातेमालाे गर्दै आएकाे याे संस्थाले धेरैकुरा सिकाएकाे समाजका सदस्य सुमन पाण्डेयले बताउनु भएकाे थियाे,।
०९अक्टोबर २०२२ आईतबारका दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं काे पुर्णिमाका दिन यो अवसर मिल्यो,सबैजनाकाे भेटघाटका लागि आईतबार नै कुर्नुपर्ने त्यसैमापनि बडादशैं पर्दा सबैकाे मुहारमा खुशी छाएकाे थियाे,हर्मिचौर समाज यु ए ई काे आयाेजनामा भएकाे याे कार्यक्रम सोचेभन्दा पनि रमाइलो र अबिस्मणिय भएको थियाे एक सहभागी ,साथै कार्यक्रमका पाहुना गुरु गैह्रेले कार्यक्रम सफलताकाे शुभकामना दिनुभएको थियाे कार्यक्रम दुबई स्थित मम्जार पार्कमा भएको थियो हामिले दाेश्राे पटक गरेकाे याे कार्यक्रम मा ८०/९० जनाको प्रत्यक्ष सहभागिता देख्दा आफ्नै गाउँकाे झल्काे मेटाईदिएकाे सहभागीहरुबाट प्रतिक्रिया आएकाे कार्यक्रमका संयोजक युबराज पाण्डेयले जानकारी दिनुभयो। यसैगरी पहिलो पटक बिदेशी भुमिमा भएकाे दशैंकाे टीका ग्रहण ,बनभोज कार्यक्रम मा सहभागी भएर निकै आनन्दित हुँदै आफ्नो घर,गाउँ छाडेर आएतापनि याे कार्यक्रमले त्याे झल्काे मेटाईदिएकाे यसै कार्यक्रम मा सहभागि पाहुना तारा रिजालले जानकारी दिनुभयो। कार्यक्रम विशेष गरि शुभकामना आदान प्रदान का साथै आफ्नै हातले बनाएका स्वादिस्ट नेपाली परिकारहरु सेल राेटी,मटन,अचार,पुलाउ,पनिर लगायत अन्य परिकार साथमा दशैंका गितहरुबाट भरपुर मनोरञ्जन पनि भएको जानकारी यसै सस्थाका सदस्य रामु पाण्डेयले जानकारी दिनुभयो। आगामी बर्षहरुमा पनि यस्तै र अझ ससक्त कार्यक्रम गर्न सबैकाे साथ सपाेर्ट आबश्यक रहेकाे ,र कार्यक्रममा सहभागी हुन नसक्ने सबैलाई आगामि बर्षका कार्यक्रममा सहभागी गराउने भन्दै सस्थाका अध्यक्ष देबि प्रसाद पाण्डेले शुभकामनाका दिदै याे कार्यक्रम सफल पार्न लागि पर्नुभएका सबैलाई धन्यवाद दिदैं कार्यक्रम बिसर्जन गर्नुभएको थियो। कार्यक्रमकाे सञ्चालन सेवा पाण्डेले गर्नुभएकाे थियाे,।
हर्मिचाैर समाज युएईले बडादशैं भब्यताका साथ मनायाे