१९ भदौ, बाँके ।नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले अब कोरोना टेस्टको लागि गरिने पिसिआर परिक्षणको रेट मात्रै रु २२०० तोकेको छ। भेरी अस्पताल नेपालगन्जले पनि शुल्क लिएर पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र बाट प्राप्त निर्देश र अस्पताल व्यवस्थापन समितीको गत भदौ १८गतेको निर्णय निर्देशिका अनुसार तोकेको भन्दा बाहेकका स्वेच्छाले कोरोना संक्रमण परिक्षण गराउन चाह्ने व्यक्तिहरु बाट रु. २ हजार २ सय मात्र लिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
२२०० मा पिसिआर