कृष्ण पौडेल नवलपुर
नवलपुरबाट पत्रकारिता सुरु गरिरहेका ध्रुव जंग थापाले राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फ बाट नवलपुर क्षेत्र नं.१ मा उमेदवारी दिने घोषणा गरेका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा नवलपुर क्षेत्र नं.१ बाट दाबी रहेको उनले बताएका छन । आफुले हाल सम्म पत्रकारिता गर्दै गर्दा सिकेका र भोगेका कुराहरुलाई सेवाको रुपमा नवलपुरमै रहि नवलपुरबासिलाई नै सुबिधा र सेवा दिनकै लागि आफ्नो दावेदार रहेको उनी बताउछन । आफ्नो फेसबुक मार्फत आज सम्मको देशको अवस्था र चरम भ्रस्टाचार, ठुला पार्टिहरुको घिनलाग्दो राजनितिकरणले गर्दा युवाहरुले देश बिकाश र बचाउका लागि राजनितिमा आउनुपर्ने भन्दै आफुले गर्दै आएको पत्रकारितालाई विश्राम गरि राजनितिमा कदम राखेको उनले बताएका छन । उनले सामाजिक संजाल मार्फत औपचारिक रुपमै आफू प्रतिनिधि सभा सदस्य नवलपुर क्षेत्र नं. १ प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उमेदवारी दिएको घोषणा गर्दै म जस्तै सबै युवाहरु आफ्नो देश र माटोको लागि राजनितिमा आउनु पर्ने बताउछन। थापा विगत दुई वर्षदेखि खरो पत्रकार रुपमा विभिन्न कार्यक्रम गर्दै आएका थिए।