कावासोती ।रास्ट्रीय प्रजातान्त्रिक पार्टीको नगर स्तरिय युवा समिति गठन कार्यक्रम हिजो विहिवार कावासोतिमा सम्पन्न भएको छ ।राप्रपाको भातृ संगठनका रुपमा रहेको प्रजातान्त्रिक युवक संगठन अर्जुन दाहालको अध्यक्षतामा हिजो सर्वसहमत रुपमा चयन गरिएको नवगठित युवक संगठनका सचिव रामहरी सापकोटाले जानकारी दिएका छन।
नवनिर्वाचित समितिको अध्यक्षमा अर्जुन दाहाल ,सचीवमा रामहरी सापकोटा रहेका छन भने अन्य १९ सदस्य सहित २१ सदस्यीय कावासोती नगर कमिटी हिजो घोषणा गरिएको हो।कार्यक्रमको अध्यक्षता राप्रपा कावासोति नगर समितिका अध्यक्ष राम श्रेष्ठले गरेका थिए भने निर्वाचन मण्डलको संयोजकका रुपमा राप्रपा जिल्ला सचीव गुनाखर काफ्ले रहेका थिए।कार्यक्रममा प्रमुख अतिथि लयायत अन्यले नव गठित समितिको पुर्ण सफलताको कामना सहित शुभकामना ज्ञापन गरेका थिए।
राप्रपाको कावासोती नगर स्तरीय युवा समिती गठन,अध्यक्षमा दाहाल