विश्व वातावरण दिवस काे अवसरमा विद्यालय स्तरीय बक्तृतोकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रम UMN बझाङ र दलित सहयोग समाज को आर्थिक सहयोग मा संचालित भएकाे हो । वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना द्वारा मात्र एक पृथ्वी भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस मनाईएकाे छ। बुङल को सरस्वती मा. वि. बिजगडा बुङ्गलको आयोजन मा विद्यालय स्तरीय बक्तृतोकला प्रतियोगिता आज सम्पन्न भएको छ । उक्त कार्यक्रम को सभापतित्व सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री धन बहादुर कार्की ले गर्नु भएको थियो भने प्रमुख अतिथि बुङ्गल नगरपालिका वडा नं 4 का वडा अध्यक्ष श्री गणेश कार्की रहनु भएको थियो । सोही कार्यक्रममा दलित सहयोग समाजका उपा अध्यक्ष श्री मोहनलाल वि. क. ज्यू ले संस्थाको प्रतिनिधित्व हुने गरी विशिष्ट अतिथि रहनु भएको थियो । उक्त कार्यक्रम मा जम्मा ५ वटा विद्यालयका छात्र, छात्रा गरी १०ले प्रतियोगिता मा भाग लिएका थिए । जसमा महेन्द्र नि. मा.वि.का छात्र श्री अपील सिंह प्रथम , कन्या मा. वि.का छात्र श्री ओस्कार भण्डारी दृतिय, दुर्गा मा.वि.की छात्रा श्री अमला ऐडी तृतीय र अरु सबै सहभागी छात्र छात्रा सान्त्वना भएका थिए । पुरस्कार प्रथम - नगद रु ४५०० सहित प्रमाण पत्र। दृतीय - नगद रु ३५०० सहित प्रमाण पत्र। तृतीय - नगद रु २५०० सहित प्रमाण पत्र। सान्तवना नगद रु १००० सहित प्रमाण पत्र सबै सहभागी छात्र छात्रा लाई दिएको थियो । यस कार्यक्रममा दलित सहयोग समाज अन्तर्गत वातावरणीय दिगोपना का लागि जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना का फिल्ड स्टाफ कृषि जे. टी. ए. श्री लोकेन्द्र बहादुर रोकाया ले स्वागत मन्तव्य राख्दै कार्यक्रमको स्वागत गर्नु भएको थियो । वक्त
विश्व वातावरण दिवस काे अवसरमा विद्यालय स्तरीय बक्तृतोकला प्रतियोगिता सम्पन्न Gandakiaaja