मर्चवार, जेठ १३
रुपन्देही युवा समूह क्षेत्रीय समिती मर्चवारले मर्चवारी गाउपालिकाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई प्रंशसापत्र, खादा टीका सहित आज बधाई तथा शुभकामना अदानप्रदान गरेको छ । रुपन्देही युवा समुह मर्चवारका अध्यक्ष सुग्रीम यादव तथा बरिस्ठ उपाध्यक्ष ज्ञानेश्वर उपाध्यायको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरई तथा उपाध्यक्ष आशा सिंहलाई सम्मानित गरिएको हो ! सो अवसरमा बोल्दै अध्यक्ष गया प्रसाद बरइले मेरो अबको पहिलो प्राथमिकता रहेको ३/४ वटा काम जसरी पनि पूरा गर्ने छु जुन पहिलो नं मर्चवार अहिले छानो मुक्त नरहेकोले धेरै जसो आगो लागि घटना भइरहेको ले दमकल खरिद गर्ने दोश्रो नं युवाहरुको लागि सम्पुर्ण लक्षित वर्गको लागि आउने कार्यक्रमलाई मिलान गरि १/२ वटा लामो समयावधि सम्म संचालन हुने कार्यक्रम संचालन गर्ने छु जस्तो कि पम्पीसेट मर्मत ,मोबाइल मर्मत ,आयमुलक तथा सिपमुलक तालिम इत्यादि साथै तेस्रो नं नवजात बालिकाहरुको लागि कन्या बिमा,कृषि ,खानेपानी इत्यादि रहेको साथै सोको लागि दिनरात न भनी खटेर काम गर्ने बताए साथै सो सम्मानको लागि धन्यवाद ब्यक्त गरेका थिए ! उक्त कार्यक्रममा मर्चवारी गाउपालिका वडा नं ५ का नवनिर्वाचित वडा अध्यक्ष कृष्णा सिंहलाई पनि खादा टीका सहित सम्मानित गरिएको सो कार्यक्रमको सहजीकरण रुपन्देही युवा समुह मर्चवारका छोटु जयसवालले गर्नुभएको थियो !