ध्रुर्व जंग थापा, नवलपुर
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १५ मा रहेको जनज्योति माध्यमिक विद्यालयले आफ्नो वाषिर्क परिक्षाफल सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख अथितिका रुपमा प्रितम भुजेल सभापति हरि प्रसाद दवाडी विशेष अतिथि श्याम शर्मा भुसाल ,पत्रकार धुर्ब जंग थापा प्रधानध्यापक मीन बहादुर थापा र अन्य शिक्षक-शिक्षिका अभिभावक विद्यार्थीहरूको उपस्थिति रहेको थियो। परीक्षा फल प्रकाशन कार्यक्रममा अतिथीहरुले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो। उक्त विद्यालयमा कक्षा नर्सरी देखि कक्षा ५ सम्म २३०जान विद्यार्थी रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ भने वाषिर्क परिक्षाफलमा कक्षा नर्सरीदेखि कक्षा ५सम्म प्रथम दोस्रो र तृतीय भएका र उत्कृष्ट नतिजा ल्याउने छात्र छात्रा लाई पुरस्कृत गरिएको थियो ।भने कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरुले आफुमा रहेको प्रतिभा समेत प्रस्तुत गरेका थिए ।