एजेन्सी । पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो अर्काे कीर्तिमानको नजिक छन् । अर्काे सिजन ३० गोल पुरा गरेका अवस्थामा रोनाल्डोले ब्राजिलीयन विश्व विजेता पेलेको ७ सय ६७ गोलको कीर्तिमान भंग गर्नेछन् । जब रोनाल्डोले लियोनबिरुद्ध दुई गोल गरे, त्यो खेलमा युभेन्टस् विजयी बन्यो । तर अवे गोलका आधारमा रोनाल्डो टिम युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिर भयो । तर दुई गोल गरेको रोनाल्डोको औपचारिक खेलमा गोल संख्या ७ सय ३७ पुगेको छ । पेलेले आफ्नो करियरको १३ सय ६३ खेलमा १२ सय ८६ गोल गरे । उनले आफ्नो नाम गिनिज बुकमा समेत लेखाउन सफल भए । तर पेलेले मैत्रिपुर्ण खेलमा गरेको ५ सय १९ गोल आधिकारीक रुपमा गणनानै भएन । पोर्चुगिज सुपरस्टार अहिले ३५ बर्षको लागे । निश्चित रुपमा रोनाल्डोले आगामी दुई बर्षभित्र पेलेको कीर्तिमान भंग गर्नेछन् । रोनाल्डोका प्रतिद्धन्दी लियोनल मेस्सी ३३ बर्ष पुगेका छन् । सर्वाधिक गोलकर्ताको दौडमा पाँचौ स्थानमा रहेका उनले ७ सय १७ गोल गरेका छन् । रियल मड्रिड र म्यान्चेष्टर युनाईटेडका पुर्व फरवार्ड रोनाल्डोले ४० बर्षको उमेरसम्म आफुले व्यवसायीक फुटलब खेल्ने बताएका छन् । केही मानिसको अनुमान छ, उनले ८ सय गोलको आँकडा पार गर्नेछन् । स्पोर्टिङ लिस्वोनका उत्पादक रोनाल्डो युभेन्टसमा ऐतिहासिक आँकडा बनाउने सोचमा छन् । उनले यस सिजन सबै खेलमा ३७ गोल गरेका छन् । रोनाल्डोले ६१ खेलमा सबैभन्दा चाँडो ५० गाेल पुर्याएका थिए । स्पोर्टिङ लिस्वोनबाट ५ गोल गरेका रोनाल्डो १८ बर्षको उमेरमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसँग जोडिएका थिए । उनले युनाईटेडमा ६ बर्षमा १ सय १८ गोल गरे । उनले रियलबाट ४ सय ५० र युभेन्ट्समा ६५ गोल गरे । उनले पोर्चुगलबाट सय गोल पार गर्ने संघारमा रहेका छन् ।
पेलेको रेकर्ड नजिक रोनाल्डो