कावासोती । प्रथम सेन्ट जोसेफ फुटबल प्रतियोगिताको उपाधी नमुना युवा क्लब कावासोतिले हात पारेको छ।हिजो सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सेन्ट्रल कलेज फोर ब्रोदर्सलाइ २-१ ले हराउदै नमुनाले उपाधी कब्जा गरेको हो।खेलमा उत्कृष्ट प्रदर्सन गरेको नमुना युवा क्लबका गौरव श्रेष्ठ म्यान अफ द म्याछ हुन सफल रहे भने प्रतियोगिता भर धेरै गोल गर्ने नमुनाकै सर्जित गुरुङले बेस्ट स्कोरर अवार्ड प्राप्त गर्न सफल भए।प्रतियोगितामा बिजेता नमुनाले १ लाख ३० हजार सहित ट्रफी प्राप्त गर्यो भने दोस्रो हुने सेन्ट्रल कलेज फोर ब्रोदर्सले ८० हजार नगद सहित ट्रफी प्राप्त गरेको छ।सेन्ट्रल कलेज फोर ब्रदर्श बिच हुनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्डरले क्रमश:जनही ५००० नगद तथा ट्रफी प्राप्त गरेका छन। सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८को मुख्य प्रायोजक काठमाण्डौको गोगंबु स्थित द नाम्स स्कुलको व्यवस्थापनद्वारा सन्चालित कावासोती-३ मा अव्सथित कावासोती सेन्ट जोसेफ बोर्डिङ रहेको छ भने सह-प्रायोजकमाअस्ट्रेलिया,जापान,क्यानडा,कोरिया,युरोप लगायतका देशहरुमा बिधार्थी भिषामा पठाउदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. रहेको छ। अफिसियल मिडियामा गण्डकी आज रहेको छ ।
प्रथम सेन्ट जोसेफ कपको उपाधी नमुना युवा क्लबलाइ