कावासोती । प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८ को आज भएको दोस्रो सेमिफाइनल खेलमा सेन्ट्रल कलेज फोर ब्रदर्शले अभिषेक चर्च रजहरलाई टाइब्रेकरमा ४-३गोल अन्तरले पराजित गरेको छ। आजको खेलको म्यान अफ दि म्याच सेन्ट्रलकलेज फोर ब्रदर्शका का खेलाडी जर्सी नं २० प्रदिप भण्डारी बनेका थिए । प्रथम सेन्ट जोसेफ कप नक आउट फुटवल प्रतियोगिता २०७८ मा प्रथम हुने टिमले नगद रु १ लाख ३० हजार नगद सहित , ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन भने उपबिजेता टिमले नगद रु ८० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छ। फाइनल खेल यहि फागुन २८ गते शनिबार नमुना युवा कल्ब र सेन्ट्रल कलेज फोर ब्रदर्श बिच हुनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्डरले क्रमश:जनही ५००० नगद तथा ट्रफी प्राप्त गर्ने छन। सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८को मुख्य प्रायोजक काठमाण्डौको गोगंबु स्थित द नाम्स स्कुलको व्यवस्थापनद्वारा सन्चालित कावासोती-३ मा अव्सथित कावासोती सेन्ट जोसेफ बोर्डिङ रहेको छ भने सह-प्रायोजकमाअस्ट्रेलिया,जापान,क्यानडा,कोरिया,युरोप लगायतका देशहरुमा बिधार्थी भिषामा पठाउदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. रहेको छ। अफिसियल मिडियामा गण्डकी आज तथा रेडियो सामर्थ्य एफ एम रहेको छ ।
प्रथम सेन्ट जोसेफ कप : सेमिफाइनलमा रजहरलाइ हराउदै सेन्ट्रल कलेज फोर ब्रोदर्स फाइनल प्रवेश