कावासोती,भाद्र १८। नवलपुरमा आज थप ३ जना नया कोरोना संक्रमित थपिएका छन।आज देबचुली वडा नं. १ का ६६ बर्षका पुरुष, गैंडाकोट १३ का ३५ बर्षका पुरुष र कावासोती ३ की ३९ बर्षकी महिलाको पोजेटिभ रिपोर्ट आएको हो । आजका संक्रमित ३ जना नै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको स्वास्थ कार्यालय नवलपुुरका प्रमुुख केेेशब चापागाईंले जानकारी दिए। यो सङ्गै नवलपुरमा हालसम्म ५ सय जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यस्तै कोभिडका कारण नवलपुरमा १ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये उपचारपछि ३ सय ६५ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन ।थप २३ जना संक्रमितको रिपोर्ट नगेटिभ आएसँगै निको हुनेको संख्या ३ सय ६५ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
संक्रमितहरुको अस्थायी कोरोना हस्पिटल रजहर र चितवनका हस्पिटलहरुमा उपचार भैरहेको छ।