भाद्र १८,काठमाडौ । इन्डियन प्रीमियर लिग (आइपिएल) को यो बर्षको सिजनमा श्रीलंकन फास्ट बलर लासिथ मालिङ्गा नखेल्ने भएका छन।लामो समयसम्म मुम्बई इण्डियन्सबाट खेलेर टिमलाइ उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेल्ने खेलाडी भएको हुदा मुम्बई इन्डियन्सले उनलाइ यो सिजन मिस गरिने बताएको छ। मालिङ्गाका बाबू बिरामी भएको हुदा शल्यक्रिया गर्नपर्ने अवस्था आउन सक्ने भन्दै उनले पारिवारिक कारणले यो पटक आइपिएल नखेल्ने भएका हुन।केही समय अगाडी उनले केही खेल मात्रै गुमाउने समाचार बाहिर आएपनी यो समय आफुले सबै समय परिवार सङ्ग बिताउन चाहेको भन्दै मालिङ्गाले नखेल्ने घोषणा गरेका हुन। ३७ वर्षीय मालिङ्गा आइपिएल इतिहासमा १७० विकेट सहित सबैभन्दा बढी विकेट लिने खेलाडी हुन।उनले आइपिएलको अघिल्लो सिजन जिताउने क्रममा पनि महत्त्वपूर्ण भुमिका खेलेका थिए।
आइपिएलका सर्वाधिक सफल बलर मालिङ्गाले यो सिजन नखेल्ने