फागुन ४,कावासोती ।विश्व हिन्दु युवा संघ नवलपुरको कार्यसमिति विस्तार अभियान सुरु भएको छ। विश्व हिन्दु युवा संघको कार्यसमिति देशैभर विस्तार गर्ने अभियान अन्तर्गत केही समय पहिलानै जिल्ला संयोजक चयन भएपनी कार्यसमिती भने छनोट गरिएको थिएन।नवलपुरको सम्पुर्ण पालिकामा समिती विस्तार गर्ने योजना अनरुप हिजोबाट जिल्ला प्रवक्ता ,जिल्ला सदस्य तथा पालिका संयोजक हरु तोक्ने कार्य सुरु गरिएको जिल्ला संयोजक लक्ष्मण रिजालले बताए।
हिजो गरिएको बिस्तारमा संघको जिल्ला प्रवक्तामा विनोद भट्टराई ,जिल्ला सदस्य हरुमा बेट्टु रानाभाट ,हिमेश महतो,दुर्गा सापकोटा ,अमिर पोख्रेल,अर्जुन पोख्रेल ,शिव बोहरा ,भिम पौडेल,सौरब सापकोटा ,सिजन बानिया,सौगात गुरुङ ,पारस पाण्डेलाई चयन गरिएको छ।
त्यस्तै नवलपुरका सम्पुर्ण पालिका हरुमा समिती विस्तार गर्ने अभियान अनरुप कावासोती नगरपालिका संयोजकको रुपमा नरेश भुसाललाइ मनोनित गरिएको र अन्य पालिका संयोजक बिस्तारै तोकिने रिजालले जानकारी दिएका छन।विश्व हिन्दु युवा संघले हिन्दु धर्मको संरक्षण गर्दै गाइ र गाजा बैधानिकताको विषयलाई प्राथमिकता साथ उठाउदै आएको छ।
विश्व हिन्दु युवा संघको नवलपुर कार्यसमिति विस्तार :जिल्ला प्रवक्तामा विनोद भट्टराई