कावासोती।कावसोती-३ को शितल चौरमा जारी भानु खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा सेन्ट्रल कलेज अठ्ठाइस विगाहा युवा क्लबले सहज जित हात पारेको छ ।हरियाली युवा क्लबका विरुद्धमा सेमिफाइनल खेलेको सेन्ट्रलले ६-१ हो जित निकालेको हो। सेन्ट्रलको जितमा मान बहादुर पाटा मगर एक्लैले ५ गोल प्रहार गरेर म्यान अफ द म्याचको ट्रफी समेत हात पार्न सफल भएका छ्न।जित संगै सेन्ट्रल कलेज अठ्ठाइस विगाहा क्लब फाइनल प्रवेश गरेको छ।फाइनल खेल सेन्ट्रल र नमुना युवा क्लब बिचमा भोलि माघ ७ गते हुनेछ।कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सम्पुर्ण खेल प्रेमी समर्थक तथा दर्शक हरुलाइ अनिवार्य रुपमा मास्क प्रयोग गरेर खेल अवलोकन गर्नका लागि भानु युथ एकेडेमीका अध्यक्ष सुक बहादुर गुरुङले अनुरोध गरेका छन।
भानु कप :अन्तिम सेमिफाइनलमा सेन्ट्रलको सहज जित, भोलि २ बजे फाइनल खेल हुने