नेकपा एमाले नवलपुरको अधिवेशन लम्बिएको छ।अध्यक्ष तथा विभिन्न पदहरुमा सहमति हुन नसक्दा अधिवेशन क दिन लम्बिएको हो। बर्तमान अध्यक्ष रोशन बहादुर गाहा र जीवन श्रेष्ठले अध्यक्षमा दाबी नछाडेकाले सहतिको प्रयास स्वरुप अधिबेशन थप एक दिन धकेलिएको हो । आज थप सहमतिको प्रयासमा नेताहरु जुटिरहेको तर सहमति नभएको अवस्थामा निर्वाचन हुने समेत एमाले नवलपुरले जनाएको छ। । दुबै जनाले दाबी नछाडेपछि तेस्रो बिकल्पमा समेत छलफल शुरु भएको छ । अध्यक्षको बिषयमा सहमति जुट्न नसक्दा पदाधिकारीमा समेत सहमति जुटाउन कठिन भएको छ । अधिबेशनमा बाट भूगोलबाट बौदीकालि,बुलिंटार, बिनयी त्रिबेणी लगायतका गाउँपालिकाहरु बाट सर्बसम्मत रुपमा जिल्ला सदस्यहरु चयन भएको निर्वाचन समितिले जनाएको छ । तर भूगोगबाट नगरपालिकाहरुको जिल्ला सदस्यहरुमा समेत सहमति जुट्न सकेको छैन । अधिबेशनले ५ पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कार्य समितिको चयन गर्ने मुल आयोजक समितिले जानकारी दिएको छ । वडाबाट आएका प्रतिनिधि, जनबर्गिय संगठनका प्रतिनिधि, पर्यबेक्षक, आयोजक कमिटी सहित झण्डै ८ सय जना प्रतिनिधिहरुले अधिबेशनमा भाग लिएका छन् ।
एमाले नवलपुरको नेतृत्वको लागि सहमती जुटेन,रोशन र जिवनको दाबी कायम