कावासोती। नवलपुरको कावासोती ३ मा रहेको सक्रिय युवा क्लब भानु युथ एकेडेमी क्लबले यहि पौष २५ गते देखि खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।विगत देखीनै विभिन्न खेल गतिविधि तथा सामाजिक अभियान हरुमा आफुलाइ अगाडी बढाइरहेको क्लबले नवलपुरको खेलकुद बिकासमा टेवा पुगोस भन्ने हेतुले फुटबल प्रतियोगिता आयोजना गरेको हो।पौष २५ गते उद्दघाटन हुने प्रतियोगितामा टिम दर्ता गर्ने समय पौष २० सम्म रहेकोमा १४ टिमले सहभागिताका लागि दर्ता गराएको क्लबका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिएका छन।'स्वास्थका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद' भन्ने नारा सहित आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताको सहभागिता शुल्क ६ हजार तोकिएको छ।प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने क्लबले ट्रफी सहित नगद ७५ हजार प्राप्त गर्नेछन भने दोस्रो हुने टिमले रु ४० हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।पुर्णरुपमा फिफाले तोकेको नियमका आधारमा संचालन गरिने प्रतियोगितामा हरेक दिन हुने म्यान अफ द म्याच ट्रफी तथा फाइनलमा बिजेता टिमहरुलाई प्रदान गरिने ट्रफी सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले उपलब्ध गराउने जानकारी समेत आयोजकले जनाएका छन।
भानु युथ एकेडेमिको आयोजनामा पौष २५ बाट खुल्ला नकआउट फुटबल प्रतियोगिता संचालन हुँदै