कावासोती । नेपाली काङ्ग्रेसको १४ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदाधिकारी तथा केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिने क्रमले तिव्रता पाएको छ।नवलपुरबाट पनि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्बारीको घोषणा धमाधम भैरहेको छ। यसै क्रममा लामो समय देखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय नवलपुरको जुझारु महिला नेतृ विष्णुदेवि पाण्डेले खस आर्य कोटामा केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिने तयारी गरेको जानकारी प्राप्त भएको छ।नवलपुर क्षेत्र न १ बाट लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित पाण्डे प्रष्ट बक्ता,सरल स्वभाव भएको र सबैलाई मिलाएर लिएर जान सक्ने क्षमता भएको महिला नेताको रुपमा परिचित रहेकि छन।विद्यार्थी कालदेखीनै काङ्ग्रेसको राजनीतिमा होमिएर विभिन्न जिम्मेवारीमा रहेर आफ्नो भुमिका कुशलता पुर्वक सप्पन्न गर्न सफल पाण्डे २५ वर्ष सम्म नेपाल शिक्षक संघ तथा सार्क शिक्षक महासंघमा रहेर शिक्षको हरु हक हितका लागि आवाज उठाउदै गुणस्तरीय तथ व्यवहारीक वैज्ञानीक शिक्षा प्रणालिको वकालत गर्दै आएकी थिइन।विभिन्न संघ सस्थाको नेतृत्वमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आएकी उनले आफ्नो हरेक जिम्मेवारीलाई कुशलता पुर्वक सप्पन्न गर्दै आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्दै आएकी छन। 'गुणस्तरिय नेतृत्व बिकासकोलागि मेरो अभियान केन्द्रीय सदस्य (खस आर्य महिला) पदमा विष्णुदेवी पाण्डेलाई मतदान' भन्ने नाराका साथ केन्द्रिय सदस्यमा उम्मेद्बारी घोषणा गरेकी नेतृ पान्डेले आफुले जिम्मेवारी प्राप्त गरेको खण्डमा आफू थप उत्तरदायी हुँदै महिलाहरुलाइ पार्टीमा थप सक्रिय भएर लाग्न प्रेरित गर्ने,महिला शसक्तिकरणमा जोड दिदै पार्टीलाई थप मजवुत बनाउने आफ्नो योजना रहेको जानकारी दिएकि छन।
नवलपुरको महिला नेतृ पाण्डेद्वारा काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेद्बारी घोषणा