कावासोती । नेपाल भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल धन बहादुर मास्कि रानाले १४ औ महाधिवेशनमा नेपाली काङ्ग्रेस केन्द्रिय कार्य समितिमा सदस्य पदमा उम्मेद्बारी दिने घोषणा गरेका छन।केही समय अगाडि सप्पन्न अधिवेशनमा नवलपुरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका मास्की राना कावासोतीका स्थायी बासिन्दा हुन।लामो समय देखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय उनी २०६४ सालमा सप्पन्न भएको निर्वाचनमा पाल्पा क्षेत्र न १ बाट प्रत्यक्ष तर्फका उमेदवार रहेका थिए भने त्यसपछी सम्पन्न भएको २ निर्वाचनमा नवलपुरबाट लगातार दुई पटक सम्म समानुपातिक तर्फका उमेदवार समेत रहेका थिए। इन्डियन आर्मिको सेवामा कर्णेल पदवी सम्म प्राप्त गरि नियमित अवकाश लिएपछी अत्यन्तै सक्रिय भएर नेपाली काङ्ग्रेसको राजनीतिमा लागेका उनले भुपु हरुलाइ पेन्सन पट्टामा हुने झन्झट लाई सहजीकरण गर्ने , अन्य देशमा सेवा गरि अवकाश प्राप्त भुपुहरुले पनि वृद्धभत्ता पाउन उल्लेख्य भुमिका खेलेका थिए। विगत देखिनै नेपाली काङ्ग्रेसको विकास तथा विस्तारमा र हरेक सुख दुखमा भुपुहरुले साथ दिदै आएको हुदा भुपु हरुलाइपनी पार्टीले विशेष स्थान दिदै उनिहरुको वेदना तथा दुख पिडामा पार्टिले सहजीकरण गर्नपर्ने मुद्दालाइ थप सशक्त बनाउने ध्येयल आफुले केन्द्रिय उम्मेद्बारी दिने तयारी गरेको कर्णेल रानाले गण्डकी आजलाइ जानकारी दिए।जिम्मेवारि पाएको खण्डमा पार्टीलाई एक ढिक्का बनाउदै विपक्षीलाइ पराजित गर्न सक्ने काङ्ग्रेस निर्माणमा आफ्नो उल्लेख्य भुमिका रहने बताउने राना संस्थापन इतर समुहबाट आदिवासी जनजाति कोटामा प्रतिस्पर्धा गर्ने तयारिमा छन।नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन यहि मंसिर २४ देखि २६ सम्म काठमाडौमा हुने कार्यतालिका रहेको छ।
नेपाल भुपु सैनिक संघका अध्यक्ष मास्की राना काङ्ग्रेस केन्द्रीय सदस्यका उमेदवार