२० मंसिर, काठमाडौं । कोरोना भाइरसको पछिल्लो भेरियन्टबाट नेपाल पनि अछुतो रहन सकेन। नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण आज पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना दक्षिण अफ्रिकाको नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।
नेपालमा पनि देखियो कोरोनाको नया भेरियन्ट 'ओमिक्रोन भाइरस'