इमरान खान , कपिलवस्तु १७ मंसिर । नेपाली काँग्रेस कपिलवस्तुका क्रमठ, झुझारु , इमान्दार युवा नेता सुरेन्द्र राज अचार्यले नेपाली काँग्रेस पार्टीको आसन्न १४ औँ महाधिबेशन अन्तर्गत लुम्बिनी प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । प्रदेशको विकास शान्ति र स्थायित्व उर्जावान कांग्रेसका लागि मेरो नेतृत्व भन्ने नारा शाकार पार्ने अभिप्रायका साथ काँग्रेसको लुम्बिनी प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने आचार्यले बताए । महामन्त्री पदका उम्मेदवार सुरेन्द्र राज अचार्य कपिलवस्तुका लोकप्रिय, निष्ठावान तथा ईमान्दार नेताका रुपमा परिचित छन् । उनी नेपाली कांग्रेस कपिलवस्तुको पुर्व पार्टी सभापति तथा पूर्व सिंचाइ राज्य मन्त्री समेत हुन् । कपिलवस्तु क्षेत्रमा सामाजिक अभियन्ताको रुपमा छुट्टै छवी बनाएका र पार्टीका लागि अहम भूमिका रहेको जिल्लाका कार्यकर्ताहरुको भनाई रहेको छ । आफ्नो बिगतको योगदान र त्यागलाई पार्टीका हरेक महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुले मूल्याङ्कन गर्नेमा आफू विश्वस्त रहेको बताए । आचार्यले भने हरेक कार्यकर्ताको समस्या समाधानका लागि विगत देखि नै आवाज बुलन्द पार्दै आएका छन लुम्बिनी प्रदेश महामन्त्रीमा निर्वाचित भएसँगै कार्यकर्ताका मुद्दाहरू लाई थप शसक्त रुपमा उठाउन सहयोग मिल्ने हुँदा आफूले लुम्बिनी प्रदेश महामन्त्री पदमा दाबी गरेको बताए ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्रीमा आचार्यको उम्मेदवारी