भाद्र १८,रमेश खनाल,तनहुँ । गण्डकी प्रदेश ट्राफिक कार्यलायको निर्देशनमा प्रदेशका ११ वटा जिल्लामा अबदेखि ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारीचालक तथा आम नागरिकहरुलाइ नमस्कार सहित सोधपुछ गर्नुपर्ने भएको छ।ट्राफिक प्रहरी र आमनागरिकको सम्बन्ध थप प्रगाढ बनाउन,प्रहरीलाइ शिस्ट र सभ्य बनाउन यो अभियान सुरु गरिएको बताएइएको छ।अब ट्राफिक प्रहरीले सवारिचालकलाइ नमस्कार सङ्गै शिष्ट भएर प्रश्न गर्नेछन र आवाश्यक कानुनी कारबाही पछि नमस्कार सहितनै बिदा गर्नेछन।
यहि अभियान अन्तर्गत पृथ्वीराजमार्ग व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए । प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको पनि उनले बताए । गण्डकी प्रदेश ट्राफिक कार्यालयको परिपत्र अनरुप नवलपुर जिल्लामा पनि उक्त अभियान सुरु भैसकेको नवलपुर जिल्ला ट्राफिक कार्यालयका प्रमुख मुनेन्द्र थापाले जानकारी दिए।उनले जिल्लाका विभिन्न ठाउमा हुने चेकिङ तथा सोधपुछ्मा अब ट्राफिक प्रहरीले अझ बढी शिष्ट र नम्र भएर नमस्कार सहित प्रस्तुत हुने बताए।
अबदेखि सवारि चालकलाइ ट्राफिक प्रहरिले 'नमस्कार' गर्ने,नवलपुरमा पनि अभियान सुरु