१७ भदौ, नवलपुर । चट्याङले लागेर बाग्लुङमा एक जनाको ज्यान गएको छ । मंगलवार साँझ चट्याङ लागेर बाग्लुङको बडिगाड १० का ५० बर्षका पुरुषको ज्यान गएको हो । प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार दर्लिङ दह गाउँका अशोक बुढाको मृत्यु भएको हो । यस्तै, चट्याङका कारण दर्लिङकै ६ जना घाईते भएका छन् भने पर्वतको फलेबास नगरपालिका वडा नं. ९ की शोभा सुनुवार गम्भीर घाईते भएकी छन् । सम्मा गाउँमा परेको चट्याङका कारण सुनुवार सहित ४ जना घाईते भएका वडाअध्यक्ष गंगाधर शर्माले जानकारी दिए।
चट्याङ लागेर एकको मृत्यु ,१० घाइते