पार्टी फुटाउने मिश्रको कदम विरुद्ध विवेकशील साझा अन्तर्राष्ट्रीय सद्भाव समिति संयोजक सुरेश भट्टले सोमबार प्रेस विज्ञप्ती जारी गरेका छन । जारी विज्ञप्ती पार्टीका बारेमा थुप्रै कुराहरु उल्लेख गरिका छन् ।
प्रेस विज्ञप्तीको पूर्ण पाठ
२०६२/६३ को जन-आन्दोलनको जगमा आम जनताबाट निर्वाचित संविधान सभा मार्फत व्यवस्था परिवर्तन भए पनि आम नागरिकको अवस्था परिवर्तन गर्न परम्परागत राजनीतिक दलहरु अप्रयात्प रहेको निर्श्कर्षमा पुगेर २१औं शताब्दीको देश र समाजको मुद्दाहरूलाई बोक्ने छुट्टै वैकल्पिक राजनीतिक दल बनाउने प्रयत्नको रुपमा बनेका तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण भएर हालको विवेकशील साझा पार्टी बनेको हो। ‘नोट चल्ने, भोट नचल्ने?’, शासकीय स्वरुपमा सुधार, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण गर्दै आधुनिक प्रविधि मार्फत सुशासन, निर्वाचन प्रणालीमा सुधार, जस्ता मुद्दाहरू सहित अघि बढिरहेका दलहरूको एकताबाट बनेको विवेकशील साझा पार्टीले पनि सोही मुद्दामा काम गर्ने अपेक्षा स्वाभाविक रुपमा हामी सबैको थियो ।
पार्टीको मूल मार्ग तथा संझौतापत्रको मुल मर्म छाडेर अध्यक्ष रबिन्द्र मिश्रले मार्गपरिवर्तनको दस्तावेज ल्याउनु भएसँगै पार्टी अकल्पनीय रुपमा बैचारिक ध्रुविकरणमा गएको छ। एकीकरणको संझौतापत्र अनुसार अध्यक्ष र संयोजकको सहमतीमा एजेण्डा तय गरी बैठक बोलाउने र बैठकको अध्यक्षता अध्यक्षले र संचालन संयोजकले गर्नु पर्ने भए पनि आज एकाएक अध्यक्ष रबिन्द्र मिश्रबाट एकल रुपमा बैठक बोलाइएको स्थितिले पार्टी एकीकरणको संझौतापत्रको उल्लङ्घन भएको छ। संझौतापत्रबाट बनेको पार्टीको एउटा हस्ताक्षरकर्ताले संझौतापत्र उल्लङ्घन गरेर एकल रुपमा बैठक बोलाउनु भएको पार्टी फुटको औपचारिक कदम चाल्नु नै हो।
आम नागरिकहरूले आशाको रुपमा हेरिरहेको विवेकशील साझा पार्टीलाई फुटाउने यस कदमको म घोर भर्त्सना गर्दछु। साथै अध्यक्ष रबिन्द्र मिश्र ज्यु तथा संयोजक मिलन पाण्डेज्युलाई संझौतापत्र बमोजिम संयुक्त रुपमा केन्द्रीय समितिको बैठक आह्वान गरि हालको गतिरोधबाट पार्टीलाई निकास दिई पार्टीलाई फुटबाट जोगाउन हार्दिक अनुरोध गर्दछु ।