कृष्ण पौडेल ,नवलपुर । विश्वभरि फैलिएको कोरोना भाइरसको दोस्रो लहरले नेपालको अर्थतन्त्रलाई निकै नाजुक बनाएको छ नेपाल सरकारले दोस्रो लहरको काेरना भाइरस तीब्र रुपमा नेपालमा फैलिएपछि वैशाखबाटै लकडाउन गर्न सुरु गरेलगत्तै नेपालका शैक्षिक संस्था यातायात व्यवसाय सबै पूर्णरुपमा ठप्प भए। जिल्ला प्रशासन कार्यालय नवलपुरले वैशाख २१ गतेबाट लकडाउन गर्ने निर्णय गर्यो लगत्तै नवलपुर जिल्लामा अरु जिल्लामा भन्दा ढिला भए पनि लकडाउनको पूर्णरूपमा प्रभाव पर्यो किराना पसल र निर्माण सामग्रीका पसलहरू छुटपुट रूपमा खुलेपनि यातायात र होटेल व्यवसाय भने खुल्न पाएनन् लकडाउन भएको ६६ दिनपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले स्वास्थ्यमा मापदण्ड पालना गरी व्यवसाय खोल्न दिने निर्णय गरे पनि पर्यटकीय क्षेत्रहरु खुल्न सकेन। नवलपुरका होटल व्यवसायीहरु खुशी भए बिहान ६ बजेबाट बेलुकी ६ बजेसम्म होटल खाजाघर हरु खोल्न पाइने निर्णय गरे पछि । नवलपुरको पर्यटकीय क्षेत्र मानिने सिजि मन्दिरमा पर्यटकहरूको कुनै चलपल छैन । होटल व्यवसायीहरु कहिले बाट सहजरुपमा खुल्ने हो राम्रो व्यवसाय चल्ने हो भन्ने पर्खाइमा रहेको देवचुली होटेल व्यवसाय सङ्घका वरिष्ठ उपाध्यक्ष लक्ष्मण चापागाई बताउनुहुन्छ। यता घरबेटीले बार-बार घरभाडाको ताकेता गरै कै छन् । लकडाउनको मारमा परेका होटल व्यवसायीहरुलाई सरकारबाट कुनै अनुदान र आश्वासन नदिँदा देवचुली होटल व्यवसायहरू गम्भीर चौपटमा पर्ने लक्ष्मण चापागाई को भनाइ छ।
लकडाउनको मारमा धार्मिक प्रयटकिय क्षेत्र सिजि आसपासका होटलहरु