दोरेन्द्र खड्का ,बझाङ। सदरमुकाम चैनपुरको रिङ्गरोड नजिकै सेती नदीको किनारामा एकजना मृत अबस्थामा फेला परेका छन् । मृत अबस्थामा फेला पर्ने हुम्ला जिल्ला नाम्खा गाउँपालिका १ दिङ्ला बस्ने बर्ष ४४का बुमदोर तामाङ्ग रहेको प्रहरीले जनाएको छ । सदरमुकाम चैनपुरको रिङ्गरोडको किनाराको डिलमा तामाङ्गको झोला , लुगा कपडा, नागरिकता , जुता र सिरक भेटिएको छ । मानसिक सन्तुलन समेत गुमाएका तामाङ्ग सोमबार राती डिलमा सुति रहेको बेला पल्टिएर तल सेती नदीको किनारमा खसेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र कार्कीले बताए । मृतक तामाङ्गको टाउकोमा गहिरो चोट लागेको छ । एक बर्ष देखि मजदुरी काम गर्दै आएका उनि मदिरा सेबन गरिरहने तथा मानसिक सन्तुलन समेत गुमाई सकेकोले खान बस्नको कुनै ठेगान नभएको मृतकका आफन्त सुमन छिरिङ्ग तामाङ्गले बताए । दुई बिवाह गरेका उनको दुबै श्रीमती संग छोडपत्र भए पछि मजदुरी गर्दै आएका थिए । मृतक तामाङ्गका चार छोरा र एक छोरी रहेको बताईएको छ । उनको लास पोष्ट मार्टमका लागी जिल्ला अस्पताल बझाङ लगिएको छ ।
सेतीनदिको किनारमा एकजना मृत अबस्थामा फेला