१४ जेठ, बाँके । बिहिवार नेपालगन्ज स्थित भेरी अस्पतालमा बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणमा संलग्न रहेका तीन जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनामा संलग्न मान बहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरि सकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए । उनका अनुसार प्रहरीले थप आवश्यक अनुसन्धान थालिसकेको छ । यता स्थानिय प्रशासनले उक्त घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको संयोजकत्वमा समिती गठन गरेको बुझिएको छ । उक्त घटनाको विभिन्न संघ संगठन तथा निकायले खेद प्रकट गर्दै बिरोध जनाएका छन । यस अघि पनि भेरीमा कार्यरत स्वास्थ्यकर्मी माथि हातपातभएको थियो जसको भेरी अस्पताल विकास समितिले घोर निन्दा व्यक्त गर्दै दोषीहरुलाई कार्वाहीको माग राख्दै जिल्ला प्रमुख अधिकारी समक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरुले सुरक्षाको ग्यारेन्टी गर्न माग राखेका थिए । तर फेरि पनि त्यही घटना घटेको छ । हाल सम्म प्रशासनले बिरामीको उपचारमा कटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिन सकेको छैन । अस्पताल समितीका अध्यक्षले यस अघि पनि बिज्ञाप्ति जारी गरेर खेद प्रकट गर्दै सुरक्षाको माग गर्दै आएका थिए । यता आज बिहान नेपाल नर्सिङ संघ बाँके कि अध्यक्ष लक्ष्मी केसि ओलिले आज प्रेस नोट जारी गर्दै अस्पतालमा बिरामीको सेवामा कोरोना महामारीको कहरमा जिवनलाइ समेत हत्केलामा राखी सेवारत आम जनस्वास्थ्य कर्मी माथि भएको सांघातिक आक्रमणका दोषीहरुलाइ कार्बाही र सुरक्षाको प्रत्याभूतीका लागि राती अबेर सम्म भएको छलफल टुंगोमा नपुगेको हुँदा सोका सन्दर्भमा छलफल गर्न बांके जिल्लाभरका नर्सिङ कर्मीहरु, आम स्वास्थ्यकर्मी र चिकित्सकहरुलाइ शुक्रबार बिहान 8:00 बजे भेरी अस्पताल प्राङ्गणमा उपस्थितीका लागि अनुरोध गरेकी थिइन । सोही अनुसार हाल भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन । आन्दोलन बिहान ८ बजे देखि नै जारी छ ।
स्वास्थकर्मी कुटपिट प्रकरण:आन्दोलन जारी , छानबिन समिति गठन,तिनजना प्रहरीको नियन्त्रणमा