सुरेश कुमार पांडेय,कपिलवस्तु । शिवराज नगरपालिकाले २ महिनामा आइसोलेसन सेन्टरको नयाँ भवन एक कार्यक्रम बिच समुद्धाटन गरेको छ । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र प्रदेश सासंद अर्जुन कुमार के. सी ले संयुक्त रुपमा रिवन काटेर औपचारिक रुपमा उक्त आइसोलेसन सेन्टरको उद्धाटन गरेका हुन । आइसोलेसन सेन्टर उद्धाटन समारोहमा बोल्दै कार्यक्रमका अतिथी तथा आइसोलेसन सेन्टर निर्माण सिमितका अध्यक्ष महादेव पोखरेलले यो महत्पुर्ण जिम्मेवारी नगरपािलकाले दिएको र सम्पुर्ण समितिका पदाधिकारीहरुको सहयोगमा यो काम सम्पन्न भएकोमा सबैलाई कार्यक्रम मार्फत बधाई दिएका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सासंद अर्जुन कुमार के.सी ले २ महिना भित्र शिवराज नगरपालिकाले ६ कोठाको बिरामी बस्न मिल्ने विषेश अक्सिजन सहितको कोठा र स्टाप,स्टोर सहितको अफिस निर्माण गरि सुविधायुक्त कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरेको भन्दै प्रशंसा गरे । विपत्तीको सामना गर्न नगरपालिकाले एउटा गतिलो हतियार तयार पारेको भन्दै नगरपालिकाले देशकै उदाहरणीय काम गरेको दाबी समेत केसिले गरे । के सी ले प्रदेश सरकार र स्थानिय सरकारको सहकार्य भए मात्रै मात्रै महामारी र विपत्तीको सामना गर्न सकिने बताए । कोरोना भाइरसको महामारीले एउटा नयाँ पाठ सिकाएको उल्लेख गर्दै विपत्ती सँग लड्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । उद्धाटन भएसँगै आइसोलेसन सेन्टरबाट सेवा सूचारु भएको छ । सुरुमा ३० वटा बेडको आइसोलेसन बनाउने भनिएपनि अहिले आइसोलेसनमा सेन्टरमा २० बेड राखिएको नगर प्रमुख नेत्र राज अधिकारीले बताए । उनले आइसोलेसन सेन्टर कक्षमा बिरामीका लागी ६ वटा सुविधा सम्पन्न कोठा, स्वास्थ्यकर्मीको छुट्टै वार्ड, स्टोर आइसियु बेड पनि राखिएको छ । एउटा कोठामा विषेश अक्सीजन,निबुलाइजर र तातोपानीको व्यवस्था भएको र अब कोरोना संक्रमित बिरामीहरुलाई सजिलै उपचार सेवा प्रदान गर्न सकिने नगर प्रमुख अधिकारीले दाबी गरे । नगरपालिका प्रमुख अधिकारिले आइसोलेसन सेन्टर निर्माण कार्यमा हरेक क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संघ सँस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । शिवराज नगरपािलका उप -मेयर शिवकुमारी थारु वडा न ५ का वडा अध्यक्ष अर्जुन पाण्डे र नेकपा शिवराजका नगर सचिव जगत पौडेल लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन स्वास्थ्यकर्मी विष्णु क्षेत्रीले गरेका थिए ।
नगरपालिकाको आफ्नै कोरोना हस्पिटल (आइसोलेसन)