कावासोती ,जेठ ९ । नेवि संघ नवलपुरले रास्ट्रपति र प्रधानमन्त्रीको पोस्टरमा गोवर दलेर विरोध प्रदर्शन गरेको छ।नेवि संघ नेता पुर्व केन्द्रीय सदस्य आरसि भट्टराईको नेतृत्वमा सम्पन्न विरोध कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय अगाडी गरिएको हो।विरोध कार्यक्रममा नेविसंघ जिल्ला पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो।
प्रधानमन्त्री के पि शर्मा ओलिले बारम्बार संबिधान विरोधि कदमहरु चालिरहेको र रास्ट्रपतिले उक्त कदमलाई रोक्न भन्दा पनि सहयोग गरेर हस्ताक्षर गर्दै संविधान विरोधी गतिविधिहरुको संरक्षकको भुमिका खेलेको हुदा दुबै कुनै सम्मानका लायक नरहेकोले तस्बिरमा गोबर दलेर सांकेतिक बिरोध गरिएको नेता भट्टराईले बताए। प्रधानमन्त्रीले फेरि संसद विघटन गरेर संबिधान माथिनै बलात्कार भएको भन्दै छिटोभन्दा छिटो नसच्चीए थप सशक्त आन्दोलन गरिने नेवि संघ जिल्ला उपाध्यक्ष लक्ष्मण रिजालले बताए।
नवलपुरमा रास्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा नेवि संघको गोबर