उमेश बि.क /नवलपरासी ,१६ भाद्र । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको अवस्था बुझ्न सरावल गाउपालिकाले घरदैलो अभियान सुरु गरेको छ । होम आइसोलेसनमा रहेका संक्रमित र तिनका परिवारलाई भेट्न सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल, आयुर्वेद शाखा प्रमुख सन्तोष कुमार कहार लगाएतकाे टाेली होम आइसोलेसनमा पुगेका हुन । टाेलि स्वास्थ्य सावधानीका उपायको जानकारी र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर गएका हुन । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए। गाउपालिका अध्यक्ष सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे निरिक्षण गरिएको हो । संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको तथा तिनिहरुकाे अवस्था सामान्य रहेकाे पाइएकाे छ । संक्रमितहरुलाई रोग प्रतिरोधत्मक क्षमता वृद्धि गर्ने च्यवनप्राश र अश्वगंधा चूर्ण तथा स्वास्थ सुरक्षा सामाग्रि हस्तान्तरण गरिएकाे हाे । हालसम्म सरावल गाउँपालिका अन्तर्गत ९ जनाकाे काेराेना पाेजेटिभि देखिएकाे हाे जसमध्ये १ जना निकाे भएर घर फर्कि सकेका छन ।
आयुर्वेदिक औषधि बोकेर गाउँपालिकाका अध्यक्ष संक्रमितको दैलोमा