गोविन्द नेपाली, २०७८ बैशाख ३० । नेपालमा २०४८ देखि नै सहकारी को औपचारिक सुरुवात भए पछि आज हाम्रो देश मा लाखौं सहकारी संस्थाहरु स्थापित छन । सहकरी ले सम्पुर्ण बैंकिङ सुबिधा पनि दिएका छ्न यो राम्रो पक्ष हो । तर सहकारी सेवा मुखी नबनेको मजदुरको गुनासो छ । नेपाल लगायत बिश्व नै कोरोनाको दोस्रो भेरियन्ट बात प्रभावित हुदा नेपालका निजि स्तर का बैंक ले पनि सम्पुर्ण कर्जाको ब्याज मिनाह गरौ बाचे नाफा अर्को बर्ष कमाउला भनी हरदा समुदय स्तरमा जनता को शेयर र बचत बाट संचालित संस्था ले यस विषय मा कुनै पनि पहल कदमी नगरिएको पाइएको छ भोलि आफ्नै सस्था का शेयर सदस्य कर्मचारी समितीका सदस्य अछुतो नरहलान भन्न सकिन्न सहकरी त सहकरी को सिद्धान्त अनुसार सेवा मुखी संस्था हो जस्तो लाग्छ तर पनि कोरोनाले घरी घरी आफ्ना शेयर सदस्य लाई आक्रान्त पारी रहदा नेपालका सहकारीहरु सहकारी को छाता संघ संगठनहरु हरु मौन देखिन्छन् सहकारीको उत्पपति कुनै बेला मजदुरको समुह बाट भएको इतिहास सहकारी मा हामिले अध्ययन गरेका छौ तर त्यही मजदुर आज कोरोना बाट आक्रान्त छ त्यही मजदुर आज काम बिहिन छ त्यही मजदुर आज गाँस बिहिन छ त्यसै माथी आफै मालिक रहेको सहकारी ले ब्याज र किस्ताको म्यासेज र फोन आइहरदा कयौं मजदुर परिवारको गाँस बाँस र कपास को जोयो गर्न नसक्दा आत्मा हत्या गरेको समाचार हामी सुन्छौ यो महामारीमा विभिन्न राहत लिएर शेयर सदस्यको घर घरमा पुग्न पर्ने बेलामा सहकारीहरु कर्जा को सावाँ र ब्याज उठाउनमा बेस्त छन । मानिसमा विभिन्न तनाब भएमा कोरोना शीत लड्ने सामार्थ हराउन सक्ने र सक्रमित को निधन हुन सक्ने दाबी कोरोना बिज्ञ हरुको छ । कोरोनाको यो महामारी बाट आफ्ना शेयर सदस्य लाई सुरक्षित राख्न र सहकारी सेवा मुखी बन्न समय मै सबै सहकारीहरु र सहकारी निकाय को ध्यान जान जरुरी छ । आपतको बेला जो कोही लाई सहयोग गरौ ।
नेपालका सहकारी सेवा मुखी बन्न सकेनन!