एजेन्सी । स्वास्थ्यको लागि फलफुल खान निकै राम्रो मानिन्छ । तर सिजन अनुसार र कति बेला कुन र कसरी खाने भन्नेमा भर पर्छ ।
गर्मीमा होस या जाडोमा हामीले नियमीत फलफुल खाइरहनु पर्ने हुन्छ । गर्मिमा शररीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ । अब गर्मी मौसम लागेसगैँ बजारमा खरबुजा छ्याछ्याप पाउन थालिसकेको छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
त्यसमा पनि यो मौसममा खरबुजा खानुको मज्जै बेग्लै हुन्छ ।तपाई हामीलाई पनि बहिर गर्मिमा अरु खाना भन्दा खरबुजा नै खान मन पर्छ । गर्मीमा खरबुजा शरीरको लागि धेरै फाइदाकारी मानिन्छ । यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्याउछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरबुजा खानु उत्तम हुन्छ।९० प्रतिशत पानीले भरपुर खरबुजा गर्मीमा तिर्खा मात्र मेटाउँदैन, बरु यो स्वास्थ्यका लागि पनि कमालको फल हो ।
जान्नुहोस् गर्मीमा खरबुजा खानुका फाइदा
१– खरबुजाले शरीरका अनेक प्रकारका क्यान्सर निको बनाउने अनुसन्धानबाट पता लागेको छ । यसले प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सर लगायत पेटको क्यान्सरका लागि फाइदाजनक हुन्छ ।
२– यसमा क्यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।
३– खरबुजा खानाले शरीरिक फाइदा पु¥याउनुका साथै छालामा चमक ल्याउँछ । खरबुजा अनुहारमा लगाउनाले चमक आउँछ।
४– खरभुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ ।
पत्थरी भएकालेः
जसको मृगौलामा पत्थरी छ, उनीहरुले खरबुजा धेरैभन्दा धेरै खानुपर्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ, त्यसकारण यो खाँदा फाइदा नै हुन्छ ।
तौल घटाउन फाइदाजनकः
तौल नबढ्ने खानाको खोजीमा हुनुहुन्छ भने खरबुजा तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । खरबुजामा निकै थोरै क्यालोरी हुन्छ र यो खाएपछि चाँडै भोक लाग्दैन । सय ग्राम खरबुजामा मात्र ३० ग्राम क्यालोरी हुन्छ । यसमा करिब १ मिलिग्राम सोडियम, कार्बोहाइड्रेट ८ ग्राम, फाइबर ०.४ ग्राम, सुगर ६ ग्राम, भिटामिन ए ११ प्रतिशत, भिटामिन सी १३ प्रतिशत, प्रोटिन ०.६ ग्राम पाइन्छ ।
प्रतिरोधी क्षमता बलियो बनाउँछ र आँखाका लागि पनि फाइदाजनकः
भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ । दिमाग शान्त बनाउँछः खरबुजा चिसो फल हो । यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।
उच्च रक्तचाप भएकालाईः
रच्च रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ ।
यी व्यक्तिले नखाने खरबुजाः
– दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन । यो चिसो हुन्छ र यसले सास नलीमा सुन्निने गर्छ ।
– भात वा दही खाने बित्तिकै खरबुजा खानु हुँदैन ।
– खाली पेटमा पनि खरबुजा खानु हुँदैन । खाली पेटमा खरबुजा खाँदा बान्ता हुने वा पेटको अन्य समस्याको कारण बन्न सक्छ ।
– खरबुजा खाने बित्तिकै पानी नपिउनुहोस् । तुरुन्त पानी पिउँदा बानी हुनसक्छ ।
– राती सुत्नेबेला पनि खरबुजा खानुहुँदैन किनभने यसले कफ बढाउन सक्छ ।
खरबुजाले स्वास्थ्यमा फाइदा पुर्याउँछ तर आफ्नो समस्या हेर्दै यो खाने कि नखाने भनेर निर्णय लिनुहोस् किनभने केही स्थितीमा खरबुजा फाइदाजनक हुँदैन ।