प्रिय धन , चोरमारा
१९ वैशाख २०७८ पूर्वी नवलपरासीको कावासोतीमा रहेको यातायात कार्यालयका आंशिक कार्य आज देखि बन्द हुने भएका छन् । जिल्लामा कोभिड १९ को संक्रमण फैलदै गएको र भिडभाडका कारण थप जोखिम बढ्न सक्ने भन्दै बैशाख १९ गते आइतबार देखि आंशिक सेवा बन्द गर्न लागिएको यातायात कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख ज्ञान प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार लाइसेन्स को फारम भर्ने , बायोमेट्री अर्थात फोटो खिच्ने काम , लिखित परीक्षा र ट्रायलको काम हाललाई बन्द गरिएको छ तर सवारी तर्फका सेवा भने बन्द नहुने भुसालले जानकारी दिनुभयो ।
ब्लु बुक नविकरण , सवारीको कर बुझ्ने काम , जांच पास , रुट पर्मिट लगायतका काम भने नियमित हुने भुसालले बताउनुभयो । अर्को सुचना जारि नभएसम्मका लागि लाइसेन्सको काम बन्द हुने उहाँले बताउनुभयो ।