देवचुली,
देवचुली नगरपालिकाका ४ सहित नवलपुरमा थप १७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा शुक्रबार थप १७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । संक्रमण हुनेमा देवचुली नगरपालिका वडा नं ९ का ५० बर्षीय १ पुरूष, वडा नं ३ का ४०,५० बर्षीय २ पुरूष, वडा नं १३ का ३९ बर्षीय १ पुरूष रहेका छन् । यसैगरी कावासाेती नगरपालिकाका ८ जना, मध्यविन्दु नगरपालिकाका ४ जना र विनयीत्रिवेणी गाउँपालिकाका १ जना गरि १७ जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमित सबैलाई अाईसाेलेसनमा राख्ने व्यवस्था भईरहेकाे जनाईएकाे छ ।