१७ बैशाख, बाँके । बाँके जिल्लामा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १११ पुगेको छ भने बाहिरी जिल्लाका ११३ जना पुगेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वली अनुसार भेरी अस्पतालमा उपचाररत गोदावरी ११ कैलालीका ६२ बर्षीय पुरुषको बिहिवार राती नै मृत्यु भएको छ । त्यस्तै उपचार कै क्रममा बर्दियाको बढैयाताल ७ की ४७ बर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनको बिहिवार साझ ५: ३० बजेको समयमा मृत्यु भएको हो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ५७ बर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ३:३० बजेको समयमा मृत्यु भएको हो ।