सुनवल । नवलपरासीको सुनवलमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछी सुनवल नगरपालिका र जिल्ला प्रसासन कार्यलयको सयुक्त आयोजनामा तपाईको माक्स खै अभियान सुरु गरिएको छ ।
कोरोना भाइरसको दोस्रो लहर बढ्न थालेपछी सुनवल नगरपालिकाले गरेको निर्णय अनुसार नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनको लागि सुनवल बजार परिक्रम गरि यो अभियान सुरु गरिएको सुनवल नगरप्रमुख भीम बहादुर थापा ले जानकारी दिनु भयो । 
दोस्रो लहरको रुपामा फैलन थालेको कोरोना भाइरसको नेपालमा पनि संक्रमण बढ्दै गएकाले यसबाट बच्नको लागि नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुनवल नगरप्रमुख थापाले आग्रह गरेको छन् । मगलबार दिउसो २ बजे देखि प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि,उधोग बाणिज्य संघ, पत्रकार सहित सुरक्षा निकायले बजार परिक्रमा सहित माक्स प्रयोग नगरेका नागरिकलाई माक्स बितरण गर्दै, बजार बन्द समेत गरेका थिए । कुनै कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाइने पनि सुनवल नगरपालिकाले जनाएको छ ।