१२ वैशाख, बाँके । कोरोना संक्रमणको जोखिम बढदै गए पछि सरकारले देशभरका सम्पुर्ण विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । तर भौतिक उपस्तिथ बाहेक भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने स्रोतले जनाएको छ ।
यस अघि भने सरकारले उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गर्ने निर्देशन दिए पनि चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको भन्दै सीसीएमसीले तत्कालका लागि सबै परीक्षा रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।
यस्तो छ नेपाल सरकारद्वारा जारी गरिएको सुचना: