काठमाण्डौ -नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका नेताहरुले दिएका जवाफ लगायत विषयमा छलफल हुने छ । यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको बताइएको छ ।
यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदन माथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।