९ बैशाख, काठमाडौं । हतकडी सहित फरार रहेका अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं कालीमाटी सुकुम्बासी टोलमा बस्ने भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ल्याइएका अभियुक्तहरुमध्ये हतकडी सहित फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो ।
ती किशोरलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको महाशाखाले जनाएको छ ।