काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज समूह चरणको अन्तिम खेल हुँदैछ ।
समूह चरणको अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल यो खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया यो खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ ।
नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिता बाट बाहिरिसकेको छ ।
हिजो मलेसिया र नेदरल्याण्ड्स बीचको खेल बराबरीमा सकिएसँगै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगेका हुन्